punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसियन युथ पारामा नेपालको झण्डा पलेशाले बोक्ने

Chaupati
safha napa

बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् ।भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन् । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् ।

एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापक नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।


१५ मंसिर २०७८, बुधवार ०९:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु