डडेल्धुरा कांग्रेस अधिवेशन विवाद: निर्वाचन समितिले निर्णय गर्ने भएपछि सानेपामा प्रहरी परिचालन
डडेल्धुरा कांग्रेसमा देखिएको विवाद समाधान गर्न केन्द्रीय निर्वाचन समितिले आज निर्णय गर्ने भएको छ।डडेल्धुरामा यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षविनै वडादेखि जिल्ला अधिवेशन भएपछि उक्त अधिवेशनहरू लाई मान्यता नदिन माग गर्दै तीन वटा निवेदन परेका थिए।
ती निवेदनमाथि केन्द्रित रहेर आज निर्वाचन समितिले निर्णय दिने तयारी गरेको छ। निर्वाचन समितिका एक सदस्यले आज डडेल्धुराबारे केही निर्णय आउने बताए।निर्वाचन समितिले निर्णय दिने भएपछि सानेपामा प्रहरी परिचालन गरिएको छ।
डडेल्धुरामा क्रियाशील सदस्यतादेखि नै विवाद थियो। यही कारणले यसअघिका केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले नयाँ संयोजक तोकेका थिए।
१३ मंसिर २०७८, सोमवार १७:३८ बजे प्रकाशित































