punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अपिहिमाल गाउँपालिकामा निःशुल्क ग्यास सिलिण्डरसहित चुलो वितरण

Chaupati
safha napa

दार्चुलाको अपि हिमाल गाउँपालिकाले “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तरगत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको छ । चालु आर्थिक बर्ष २०७८र०७९ को स्वीकृत कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा “स्वच्छ अपि, धुँवामुक्त अपि” कार्यक्रम अन्तरगत ग्यास सिलिण्डरसहित चुलो खरिदका लागि ९५ लाख बजेट विनियोजन गरेको थियो । ९५ लाखमा टेण्डरमार्फत् कम्पनी छनोट गरेर गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा अध्यक्ष मन्यालले बताए ।

गाउँपालिकाका इन्जिनियर मानबहादुर धामीका अनुसार ९५ लाख बजेट भएपनि टेण्डर प्रक्रियामार्फत घटाघटीमा काठमाडौँको झंकार कन्सन प्रालीसँग ८५ लाखमा सम्झौता गरेर ग्यास गरिद गरिएको हो ।गाउँपालिका भरीका १३ सय घरधुरीलाई रेडियण्ट ग्यास वितरण गरिएको र केही परिवार छुटेको भए बाँकी रकमबाट ग्यास खरिद गरेर वितरण गरिने उनले बताए ।

अपि हिमालको केन्द्रसम्म सडक नपुगेको कारण वडा नम्बर ५ ओखलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ग्यास सिलिण्डर र चुलो सेट वितरण गरिएको हो । ग्यास सिलिण्डरसहित चुल्हो सेट पाएपछि निकै खुसी लागेको अपि हिमालका स्थानीय डम्बरसिंह बोहराले बताए ।

‘दाउरा खोज्न निकै समस्या हुन्थ्यो, वनजंगल पनि विनास भइरहेको थियो’, उनले भने, ‘गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि बन संरक्षण हुनुका साथै दाउँरा र धुँवाको झन्झट हट्नेछ ।’ गाउँपालिकाले जनतामा प्रत्यक्ष पुग्ने यस्तै खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले बताएका छन् ।

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित निःशुल्क ग्यास सिलिण्डर तथा चुलो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतको सहभागिता रहेको थियो ।


१२ मंसिर २०७८, आइतवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु