punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल र पुलिस क्लब खेल्दै

Chaupati
safha napa

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो।

हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ।मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क छ ।


१२ मंसिर २०७८, आइतवार ११:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु