बम महाधिवेशन प्रतिनिधिमा पराजीत
सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दा कुमारी बम नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजीत भएकी छन् । महिला प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्नुभएकी बम महाधिवेशनमा पराजीत भएकी हुन् ।
प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याएकी छन् । चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच प्रतिस्पर्धा भएको थियो ।
जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६८७, राजमति पाल ६८७, इश्वरी जोशी ६६९ र एसोदा तिङ्करी ५६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महाविधेशन प्रतिनिधिमा छनौट भएका बम महिला संघ दार्चुलाका अध्यक्ष हुन् । यस्तै पाल शैल्यशिखर नगरपालिका उपप्रमुख हुन भने जोशी दुहुँ गाउँपालिका उपाध्यक्ष हुन् ।
११ मंसिर २०७८, शनिवार ०८:४७ बजे प्रकाशित













