दार्चुला सभापतिमा बोहरा विजयी

नेपाली काङग्रेस दार्चुलाको सातौँ अधिबेशनबाट सभापतिका उम्मेद्धवार ललित सिह बोहरा विजयी भएका छन् । अर्का उम्मेद्धवार अमरसिह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

कुल खसेको ९ सय ५६ मत मध्ये बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मत प्राप्त गरेका हुन् । यो संगै बोहरा पुनः काङग्रेस दार्चुलाको सभापतिमा दोहरिएका छन् ।

विहिबार भएको निर्वाचनमा कूल १ हजार ४३ मतमध्ये ९ सय ५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले बताए ।

दार्चुला जिल्लाको क्षेत्र नम्बर क का ५ सय ८७ मध्ये ५ सय ३८ मत र क्षेत्र नम्बर ख का ४ सय ५६ मतदाता मध्ये ४ सय १८ मत खसेको अवस्थीले बताए ।


११ मंसिर २०७८, शनिवार ०८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु