punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

Chaupati
safha napa

रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध भएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले पराजित भएको हो। सातदोबाटोको जितमा सुदीप गुरुङले निर्णायक गोल गरे।

उनले खेलको २९औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए।दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन्।सातदोबाटोले लिगमा पहिलो जित दर्ता गर्दा थ्रीस्टारले पहिलो हार भोगेको हो।

जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ। थ्रीस्टारको भने ३ अंक छ।आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब भिड्नेछन्। लिगमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।


१० मंसिर २०७८, शुक्रवार १८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु