punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री जाने, प्रचण्ड नजाने

Chaupati
safha napa

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित भएको छ ।

एमालेका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि उहाँ नजाने हुनुभएको छ।

आज प्रचण्डको अर्को कार्यक्रम भएकाले एमाले महाधिवेशनमा उहाँ सहभागी नहुने माओवादीले जनाएको छ।एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्तो दिएको छैन ।


१० मंसिर २०७८, शुक्रवार ०९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु