सुनको भाउ घट्यो

नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य कमी देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार २०० मा आइपुगेको छ।बिहीबार चाँदीको भाउ भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ।


९ मंसिर २०७८, बिहीवार ११:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु