punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मंसिर २० सम्ममा कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक हुने

Chaupati
safha napa

गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा यही मंसिर २० गतेसम्ममा सार्वजनिक हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको हो। यस वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बार्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।‘अन्य कुनै प्राविधिक समस्या नआए यही मंसिर २० गतेभित्रै नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ शर्माले भने।

गएको परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नपाएका देशभरीका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ। छुटेका विद्यार्थीको लागि सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाएको शर्माले बताए।

 


९ मंसिर २०७८, बिहीवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु