punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानमा बलात्कारीका लागि कडा कानून, पारित भयो यस्तो विधेयक

Chaupati
safha napa

पाकिस्तान सरकारले बलात्कार गरेको पुष्टि भएको अवस्थामा नपुङ्सक बनाउन सकिने विधेयक पारित गरेको छ। पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ विद्येयकमा यस्तो व्यवस्था समेटिएको हो।

विद्येयकमा लामो समयसम्म बलात्कार गरेको प्रमाणित भएको अवस्थामा अदालतले औषधि दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने बनाउने गरि आदेश दिन सक्ने बताइएको छ।

उक्त विद्येयकमा भनिएको छ, ‘रासायनिक (नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ। यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ। सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’

पाकिस्तानमा बलात्कारको घटना उल्लेख्य मात्रामा बढेको भन्दै कडा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो। (बीबीसी


३ मंसिर २०७८, शुक्रवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु