punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा

Chaupati
safha napa

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठकले निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ भने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नेछ ।

त्यस्तै विभिन्न देशमा रहेका जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यता सूची अनुमोदन गर्नेबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता विवादलाई लिएर रौतहटका केहि नेता कार्यकर्ताहरु अनसनमा बसकाले केन्द्रीय समिति बैठक सभापति देउवाको निजी निवासमा बसेको हो ।


२८ कात्तिक २०७८, आइतवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु