punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमेयर कप राष्ट्रिय छनोट लिगको उपाधिका लागि धनगढी र ललितपुर भिड्दै

Chaupati
safha napa

राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलको छनोट खेलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

यो खेल एन्फा मैदान सातदोवाटोमा दिउँसो १ बजे शुरहुने छ । शुक्रबार भएका सेमिफाइनलमा धनगढी र ललितपुरले आ आफ्ना खेल जित्दै फाइनलमा स्थान बनाएका थिए । फाइनलमा स्थान बनाएका दुवै टिमले राष्ट्रिय लिगमा पनि स्थान पक्का गरेका छन् ।

पहिलो सेमिफाइनलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल खेलको विजेताले ५ लाख र उप विजेताले ३ लाख प्राप्त गर्ने छ भने फेयर प्ले टिमले ५० हजार प्राप्त गर्ने छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार पुरस्कार प्रदान गर्दा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २०–२० हजार प्राप्त गर्ने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा तीन वटा विभागीय टिम (आर्मी, पुलिस र एपीएफ), चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, विराटनगर नगरपालिकाका साथै ललितपुर महानगर पालिका र धनगढी महागनरपालिकाले खेल्ने छ ।


२८ कात्तिक २०७८, आइतवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु