punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चोरी मुद्दाका कसुरदार २९ वर्षपछि पक्राउ

Chaupati
safha napa

चोरी मुद्दामा २२ महिना कैद सुनाइएका कसुरदार २९ वर्षपछि पक्राउ परेका छन् । कृष्णपुर नरगपालिका ४ का खडकबहादुर रावललाई तिहारको समयमा उनकै घरबाट पक्राउ गरी मंगलबार कारगार चलान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार रावललाई जिल्ला अदालत कञ्चनपुरले २०४९ वैशाखमा चोरी मुद्दामा १ वर्ष १० महिना १५ दिन कैद र ६३ हजार ३२१ रुपैयाँ जरिवाना तोकेको थियो । रावल सोही दिनदेखि फरार भएका थिए ।

यसैगरी प्रहरीले जिल्ला अदालतबाट १ महिना कैद र १ हजार जरिवाना तोकिएका कञ्चनपुरको बेदकोट नगरपालिका ८ गयलनदीका २६ वर्षीय करन विष्टलाई पनि पक्राउ गरी कारागार पठाएको छ । उनलाई जिल्ला अदालतले २०७५ पुसमा ठगी मुद्दामा १ महिना कैद र १ हजार जरिवाना सुनाएको थियो ।


२५ कात्तिक २०७८, बिहीवार १४:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु