कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो
कैलालीमा मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका थिए।
प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।स्थानीयले हत्यामा संलग्नलाइ कारबाही गर्नुपर्ने माग राखेर सडकमै टायर बालेर प्रदर्शन गरेका थिए।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जानुपर्ने सबै सवारी साधन लम्कीमा रोकिएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाइ पक्राउ गरेर अनुसन्धान भैरहेको जनाएको छ।
२४ कात्तिक २०७८, बुधवार १५:४६ बजे प्रकाशित































