punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउमा सामान्य कमी

Chaupati
safha napa

मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ थियो।

चाँदीको भाउ भने मंगलबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।

 


२३ कात्तिक २०७८, मंगलवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु