सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उमहानगरपालिकाको वडा नम्बर ५ का ७२ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १०७ नमुना परिक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।हाल अस्पतालमा दुईजना संक्रमितको उपचार भइरहेको छ ।
२३ कात्तिक २०७८, मंगलवार १३:२० बजे प्रकाशित






























