punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान बेल्डाडी गाउँपालिका–२ बाट बेदकोट नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो।

म१प ६२४३ नम्बरको मोटरसाइलमा सवार उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पन्तलाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।


२३ कात्तिक २०७८, मंगलवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु