punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ अक्षयको ‘सूर्यवंशी’

Chaupati
safha napa

अक्षयकुमार अभिनित प्रहरी ड्रामा ‘सूर्यवंशी’ शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदै छ। रोहित सेट्टी निर्देशित फिल्म तिहारको अवसर पारेर शुक्रबार प्रदर्शन हुन लागेको हो।

फिल्म प्रदर्शन हुनुअघि ‘सूर्यवंशी’ मुम्बई पुलिसलाई देखाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति भएको प्रिमियर शोमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ।

सिंघम फ्रेन्चाइजको चौथो फिल्म ‘सूर्यवंशी’मा अक्षयसँगै कट्रिना कैफको पनि मुख्य भूमिका छ।

यसअघि प्रदर्शनमा आएका ‘सिंघम’, ‘सिंघम रिटर्न्स’ र ‘सिम्बा’लाई दर्शकले मन पराएका थिए। सिंघम फ्रेन्चाइजका सबै फिल्मले सय करोड भारतीय रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

सन् २०२० को मार्चमा तय गरिएको फिल्मको प्रदर्शन कोरोनाका कारण सरेको थियो। त्यसपछि गत वर्षको तिहारमा प्रदर्शन गर्ने भनिएको फिल्म फेरि सरेको थियो।

कोरोनाकै कारण ‘सूर्यवंशी’ त्यसपछि तोकेको सन् २०२० को अक्टोबर र सन् २०२१ अप्रिलमा पनि प्रदर्शनमा आउन सकेको थिएन।

‘सूर्यवंशी’को प्रदर्शनसँगै लामो समयदेखि सुनसान रहेको बलिउड पहिलेको लयमा फर्कने अपेक्षा गरिएको छ।

‘सूर्यवंशी’ पछि ‘बन्टी और बबली २’, ‘सत्यमेव जयते’, ‘अन्तिम’, ‘तडप’ लगायत ठूला बजेटका फिल्म लगातार प्रदर्शनमा आउँदैछन्।

‘सूर्यवंशी’ बाहेक अक्षयका ‘अतरंगी रे’, ‘पृथ्वीराज’, ‘बच्चन पाण्डे’ र ‘रक्षा बन्धन’ले प्रदर्शन मिति पर्खेर बसेका छन् भने ‘राम सेतु’ र ‘ओ माई गड २’ छायांकनको क्रममा छन्।एजेन्सी

 


१७ कात्तिक २०७८, बुधवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु