punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरमा ५० घर परिवारलाई राहत वितरण

Chaupati
safha napa

नेपाल भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयले कैलालीका बाढी पिडित राहत प्रदान गरेको छ। गत असोज ३१ गते देखी ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिका ८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिउको नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरले बताए ।

उनका अनुसार बाढीले क्षती गरेको बेला प्रति घर २५ केजी चामल २ केजी दाल नुन र तेल सहयोग गरिएको जनाएको छ ।

बाढी प्रभावित हरुलाई राहत वितरणको लागी केन्द्रीय सह अध्यक्ष शैलेन्द्र मोहन झा ,केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुल बहादुर साउद , केन्द्रीय उपाध्यक्ष हरि शङ्कर ठाकुर, महासंघका सचिव बोध कृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी,आजिवन सदस्य पुष्कर अवस्थीको उपस्थिति रहेको थियो ।संघले सोमबार कञ्चनपुरका १७४ परिवारलाई राहत प्रदान गरेको थियो ।


१६ कात्तिक २०७८, मंगलवार १५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु