अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन:निर्माण कार्य शुभारम्भ
सुदुरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ ।
चोकमा आज पूजाआजा गरेर शालिक निर्माण कार्यको शुभारम्भ गरिएको हो। पुरहितको उपस्थितिमा पूजा आजाआज गरेर शालिक निर्माणको काम सुरु गरिएको समितिका अध्यक्ष हरी भट्टराईले बताए । उनका अनुुसार चोकको बिच भागमा ६ फिटको स्वर्गीय राजा महेन्द्रको शालिक राखिने बताए ।
स्थानीयस्तरमा बनेको समितिले भेला बोलाई पूजाआजा र स्थानीयको सुझाब संकलनसमेत गरेको छ। २०६२/६३ को अन्दोलनको क्रममा तोडफोडपछि उक्त ठाउँ खाली नै थियो ।
१६ कात्तिक २०७८, मंगलवार १३:२५ बजे प्रकाशित































