punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशको अडान- ‘राजीनामा दिन्नँ’

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । बरु आफू महाभियोगको सामना गर्न तयार रहेको उनले बताएका छन् । बीबीसी का शरद केसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘न्यायालयलाई लथालिङ्ग पारेर म जान्नँ ।

संविधानको प्रक्रियाबाट आएको व्यक्ति हुँ म । संविधानकै प्रक्रियाबाट जाने हो ।’उनले आफू कसैको दबाब वा प्रभाव नपार्नेसमेत स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘सडकबाट राजीनामा मागिँदैमा दिन नहुनेमा म सतर्क छु । जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छु । राजीनामा दिने पक्षमा छैन ।’

प्रधानन्यायाधीश जबरालाई नेपाल बार एशोसिएशनले समेत राजीनामा दिन भनेको छ । खासगरी मन्त्रिपरिषद्‌मा भाग खोजेको, निष्कलङ्कित न्यायालय बनाउने विषयमा चासो नदेखाएकोलगायतका आरोपहरू उनीमाथि छन् । उनले राजीनामा दिनुपर्ने भन्दै चौतर्फि दबाब बढिरहेको छ ।


९ कात्तिक २०७८, मंगलवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु