punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीश राणासँग न्यायाधीशहरूको छलफल सुरू

Chaupati
safha napa

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशबीच छलफल सुरू भएको छ ।न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले छलफल थालेका हुन्।

एक न्यायाधीशका अनुसार आजको छलफलमा प्रधानन्यायाधीश राणासँग पछिल्ला विवादबारे उनको भनाइबारे छलफल हुनेछ।संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएको भन्दै न्यायाधीशहरूले उनीबारे धारणा बनाउन यसअघिनै छलफल गरेका थिए।

शुक्रबार सात न्यायाधीश बसेर छलफल गरे पनि आइतबार उपस्थित सबै न्यायाधीशले प्रधानन्यायाधीश राणाबारे छलफल गरेका थिए।आइतबार बारसँग फुलकोट बस्ने सूचना आएपछि न्यायाधीशहरूले छलफल सोमबारलाई सारेर उक्त फुलकोट बहिष्कारको निर्णय गरे।

सोमबारको बैठकमा पनि प्रधानन्यायाधीशका कुरा विश्वसनीय नहुने भन्दै उनले निकास दिनुपर्ने धारणा कतिपयको थियो।कतिपयले भने पहिला प्रधानन्यायाधीश राणालाई भेटेर यी विषयमा कुरा गर्नुपर्ने धारणा राखे।आखिरमा प्रधानन्यायाधीशलाई भेट्ने र उनका कुरा सुनेपछि आफ्ना धारणा सार्वजनिक गर्न सबै न्यायाधीश सहमत भएका हुन्। सोमबारको छलफलमा १३ न्यायाधीश उपस्थित थिए।

‘कतिपयले त प्रधानन्यायाधीशले न्यायालय र अरू न्यायाधीशलाई समेत विवादमा तानेको र उहाँका कुरा सुनेर केही फाइदा नहुने धारणा पनि राख्नु भयो,’ ती न्यायाधीशले भने, ‘कतिपयले भने प्रधानन्यायाधीशका कुरा पनि सुनौं भन्ने थियो। सबैलाई एकजुट बनाउन प्रधानन्यायाधीशसँग पहिले भेट्ने कुरा भयो।’

छलफलकै कारण हिजो सर्वोच्चमा कुनै पनि इजलास बसेनन्। सर्वोच्चमा सोमबार २ सय १६ मुद्दाका लागि सात इजलास गठन भएका थिए।प्रधानन्यायाधीशलाई भेट्ने र फेरि छलफल गरेर आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेकाले आजको इजलास पनि प्रभावित हुने देखिन्छ।


९ कात्तिक २०७८, मंगलवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु