punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा १० जनामा कोरोना पुष्टि, एकको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५२ जनाको नमूना परिक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको लालझाँडी गाँउपालिका ४ की ५८ बर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।


९ कात्तिक २०७८, मंगलवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु