punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रियसभा निर्वाचनको मिति छिट्टै तोक्छौं : प्रधानमन्त्री

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका छन् ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए ।

 


८ कात्तिक २०७८, सोमवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु