punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिडियाेसहित तीनवटै सुरक्षा प्रमुखकाे जिम्मेवारी खाेसियाे

Chaupati
safha napa

सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो।

केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएपछि उनीहरूलाई एकै समयमा सरूवा गरिएको बुझिएको छ।महतोलाई गृहमा तानिएको छ भने गृहबाट बाबुराम खतिवडालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र पोखरेलले जानकारी दिए।

राठौरको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाई‌लाई पठाएको छ। त्यस्तै, सशस्त्र प्रहरी बलले श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई पठाएको छ।तीनवटै सुरक्षा प्रमुखहरूले साँगै तास खेलेको भिडियो सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ।


८ कात्तिक २०७८, सोमवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु