punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजबाट हट्यो मोतिपुरको कर्फ्यु

Chaupati
safha napa

स्थानीय प्रशासनले रुपन्देहीको बुटवलस्थित मोतीपुर क्षेत्रमा लगाएको कर्फ्यु आजबाट हटाएको छ। अवस्था सामान्य बन्दै गएपछि बुधबार बिहानदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

मोतिपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका स्थानीय र प्रहरीबीच गएको आइतवार झडप भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्युलगाउँदै आएको थियो। प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए भने प्रहरी र स्थानीय गरी सयौँ घाइते भएका थिए।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको थियो। स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

मोतिपुर घटनामा मारिने मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १–१ लाख रुपैयाँ क्षतिपुर्ती दिने घोषणा गरेको छ। थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको छ।


२७ असोज २०७८, बुधवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु