सडक दुर्घटनामा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

सरकारले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत पछिल्ला सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् ।


२७ असोज २०७८, बुधवार ०८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु