punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको राशिफल : कुन राशीमा के लेखिएको छ ?

Chaupati
safha napa

आज २६ आश्विन २०७८ मंगलवार । यस्तो छ आज तपाइँको राशिफल

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयरको कारोबारबाट सफलता मिल्नेछ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित पनि हुनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल


२६ असोज २०७८, मंगलवार ०५:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु