punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा खैरो हिरोइन सहित ४ जना पक्राउ

Chaupati
safha napa

कैलाली प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उप–महानगरपालिका–१३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा राजपुर बस्ने १८ बर्षिय आकाश राना, १८ बर्षिय राजेश राना, सोही ठाउँ बस्ने १८ बर्षिय राजकुमार राना र १८ बर्षिय सुजिता राना रहेका छन ।

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कोठामा बसी लागुऔषध सेवन गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

साथै उनीहरु माथि चेकजाँच गर्दा ३ ग्राम ६९० मिलिग्राम लागुऔषध बरामद गरिएको उनले बताए । उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


२४ असोज २०७८, आइतवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु