punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दसैँपछि धनगढीमा माग अनुसारको मात्रै अटो रिक्सा चल्छन् : वड

Chaupati
safha napa

धनगढीमा भएका अस्तव्यस्त अटो तथा ई–रिक्सालाई दसैँ लगत्तै व्यवस्थापन गर्ने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले बताएका छन् । एफएम डिसीको १९ औ स्थापना दिवसको अवसरमा गरिएको ‘जहाँ समस्या त्यहाँ उपाय’ कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

अहिले धनगढी उपमहानगरपालिमा झन्डै साढे ४ हजार ई–रिक्सा रहेको बताउँदै उनले दसैँ लगत्तै धनगढी उपमहानगरपालिकालाई आवश्यक पर्ने अटो रिक्सा मात्रै चल्न दिने बताए । धनगढी उपमहानगरपालिकाले ९ सय मात्रै अटो रिक्सा सिफारिस गरिएको भए पनि यहाँ भने अहिले साढे ४ हजार अटो रिक्सा चल्दै आएको वडले बताए ।

“हामीले सिफारिस गरेको ई–रिक्सा ९ सय ७२ मात्रै हो,” उनले भने, “तर अहिले यहाँ ८८ वटै स्थानीय तहका नामबाट अटोरिक्साहरू चलिरहेका छन् । अबको दसैँ लगत्तै हामी बाँकी अटो रिक्सालाई यहाँबाट विस्थापित गर्छौ । त्यसमा म आफै स्वयम यो अभियानमा अघि बढ्छु ।,”

धनगढीमा अहिले बढ्दो अटोरिक्साका कारण उपमहानगरपालिकाले ठुलो समस्या खेप्नु परेको बताए । उनले अटो रिक्सा दर्ता गर्ने कार्य बन्द गरिदिन पनि प्रदेश सरकारलाई आग्रह गरे । प्रदेश सरकारले अटो दर्ता बन्द गर्ने हो भने मात्रै यसको समाधान गर्न सकिने उनको भनाई छ । आफूले प्रदेश सरकारसँग आग्रह गरिरहेको भए पनि प्रदेश सरकारले यसबारे कुनै चाँसो नदिएको बताए ।

“मैले प्रदेश सरकारसँग बारम्बार यसबारे छलफल गरिरहेको छु । मैले केही दिन अघि मात्रै भौतिक विकास मन्त्री सँग छलफल गरेको थिए, दसैँ लगत्तै यसलाई समाधान गर्नुपर्छ भनेर हामी अघि बढिरहेका छौ, तर प्रदेश सरकारले त्यो गर्न मानिरहेको छैन्,” उनले भने । अव्यवस्थित अटो रिक्साका कारण धनगढी बजारमा दुर्घटनाको समेत जोखिम बढ्दै गइरहेको मेयर वडले बताए ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा बढ्दौ अटो रिक्साका कारण ट्राफिक जाम समेत हुने गरेको छ । धनगढी उप–महानगरपालिको मुख्य सडक क्षेत्रमा ट्राफिक जाम बढेपछि आम सर्वसाधरणले हैरानी खेप्नुपरेको छ ।विशेष गरी उपमहानगरपालिको मुख्य सडक क्षेत्र एलएन चोक, पार्कमोड र चौराहा देखि बसपार्क सम्मको क्षेत्रमा सर्वसाधरणलले समस्या झल्दै आएका छन् ।


२४ असोज २०७८, आइतवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु