धनगढीबाट लागुऔषध सहित दुई युवक पक्राउ
धनगढीबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । उपमहानगरपालिका –२ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनीहरुको साथबाट ३ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो ।
शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले चेकजांच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
२४ असोज २०७८, आइतवार १४:२२ बजे प्रकाशित































