punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

Chaupati
safha napa

देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो।

देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ।

वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ। कसैले मदिरा सेवन गरेको पाइएमा रु दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा रु छ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा रु तीन हजार जरिवाना गरिने बताइएको छ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा अपराह्न ३ः०० देखि ६ः०० बजेसम्म मात्रै मदिरा बिक्रिवितरण गर्न पाइने जनाइएको छ।

सरोकारवालाको बैठकले मेलालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न पाटन नगरपालिका– ६ का वडा सदस्य करनसिंह कठायतको अध्यक्षतामा १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको हो। यस्तै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ। रासस


२४ असोज २०७८, आइतवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु