punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीलाई प्रचण्डको चेतावनी : अब राजनीतिबाटै बाहिर निकाली दिन्छु

Chaupati
safha napa

ओलीलाई प्रचण्डको चेतावनी : अब राजनीतिबाटै बाहिर निकाली दिन्छु
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन्।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको  दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिंदै छ। अब पनि  चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताउँदै भने, ‘मधेसी जनता मेरा प्रेमिका हुन्। कहिले काहीं भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईंहरुकै अधिकारका लागि लडिरहेको छु।’

मधेसको प्रमुख समस्या नागरिकता रहेको बताउँदै उनले त्यो समस्या केही हप्तामै समाधान हुने आश्वासन दिए। उनले तराई मधेसको अर्को समस्या सुकुम्बासी र भूमिहीन समस्या रहेकाले त्यसको समाधानका लागि जिल्लातहमा आयोग गठन गरेर चुनाव अघि पूर्जा वितरण गर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कृषि र रोजगारीलाई प्राथमिकता दिएका र प्रदेश सरकारले कृषिलाई महत्व दिएर बजेट ल्याएकाले कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन आग्रह गरे। अन्नपूर्ण पोस्ट


२४ असोज २०७८, आइतवार ०५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु