punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाले मन्त्रिमण्डललाई पूर्णता दिएकै दिन चार सिडिओको सरुवा

Chaupati
safha napa

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पूर्णता दिएकै दिन शुक्रवार गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट केही जिल्लाका सिडिओ हेरफेर गरेको हो।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय पर्सा पठाएको छ।

यसै गरी रौतहटका प्रजिअ इन्द्रदेव यादवलाई सुनसरी र गृह मन्त्रालयका उपसचिव सूर्य बहादुर खत्रीलाई बाँके जिल्लाको सिडिओमा सरुवा गरेको छ।


२३ असोज २०७८, शनिवार ०५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु