नेकपा एसको धनगढी नगर कमिटी अध्यक्षमा रेग्मी
नेकपा एकिकृत समाजबादी पार्टीको धनगढी उप–महानगर कमिटि अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन् ।मंगलबार बसेको नेकपा (एस) को पहिलो नगर भेलाले रेग्मीको नेतृत्वमा १ सय १ सदस्यीय कमिटि चयन गरेका हो ।
नगर कमिटिको उपाध्यक्षमा तीन जना रुजी बस्नेत, राम निवास राना र रणबहादुर मगर चयन भएका छन् । यसैगरी सचिवमा बाबुराजा श्रेष्ठ चयन भएका छन् भने सह–सचिवमा लक्ष्मी चौधरी र तुलाराम खनाल चयन भएका छन् । पुनर्गठित कमिटी लाई नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी सदस्य माया भट्ट ले शपथ गराए ।
कार्यक्रम केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री पुर्णा जोशी, कैलाली जिल्ला अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, नेता हनुमान चौधरी, दिनेशचन्द्र सुबेदी, नवराज जोशी, लक्ष्मण कुवर, जिल्ला सचिव विमलकुमार जोशी , अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष युवराज कुवर, मुक्ति मोर्चा कैलाली अध्यक्ष चक्र बिक लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला उपाध्यक्ष कलावती जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिवालय सदस्य दीर्घ जोशीले गरेका थिए ।
१९ असोज २०७८, मंगलवार १७:१३ बजे प्रकाशित































