punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली प्रहरीद्वारा आयोजित आन्तरिक व्याटमिन्टन प्रतियोगिता सम्पन्न

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीले आयोजना गरेको आन्तरिक व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ६६ औँ प्रहरी दिवस तथा विजया दशमी २०७८ को अवसरमा आयोजित आन्तरिक व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम राज भट्टको उपस्थिति रहेको थियो ।

असोज १६ गते देखि सञ्चालन भएको उक्त प्रतियोगितामा यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये कुल १८ वटा टिमहरूले प्रतियोगितामा भाग लिएका थिए । विजेता र उप-विजेता हुने टिमलाई प्रमुख जिल्ला अधिकारीबाट पुरस्कार वितरण गरिएको थियो ।


१९ असोज २०७८, मंगलवार १६:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु