punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुनर्वासबाट लागुऔषध सहित दुईजना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको पुनर्वास बाट मोटर साइकल सहित लागुऔषध ओसार पोसार गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सीमावर्ती भारतको मिलन बजार बाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा से ७ प ६३२१ नम्बरको मोटरसाइकल सहित मङ्गलवार सशस्त्र प्रहरीले पुनर्वास –६ ९ङ० गाउँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको गोदावरी नगरपालिका –२ आदर्श टोल बस्ने १९ वर्षीय हेमन्त भट्ट र २० वर्षीय भीम साउद रहेका छन् । तिनीहरूको साथबाट ३०० ट्याब्लेट लागू औषध बरामद गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निम भण्डारीले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


१९ असोज २०७८, मंगलवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु