धनगढीका ६ जना लागुऔषधसहित पक्राउ
धनगढीका ६ जना लागुऔषधसहित पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर–५ बस्ने ३० वर्षीय नरेन्द्र स्वाँर, वडा नम्बर–२ मिलनचोक बस्ने २८ वर्षीय सचिव गुरुङ, वडा नम्बर –२ मै बस्ने ३१ वर्षीय सन्तोष भट्ट, वडा नम्बर –१३ कैलाली गाउँ बस्ने २० वर्षीय नरेश चौधरी, सोही ठाउँका १६ वर्षीय देवराज राना र कैलालीको लम्कीचुहा नगरपालिका–१० बस्ने ३२ वर्षीय दिपेन्द्र स्वाँर पक्राउ परेका हुन्।
उनीहरुको साथबाट २ थान मोटरसाइकल, मोवाईल र नगदपनि नियन्त्रण गरी पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।
१९ असोज २०७८, मंगलवार ०८:३६ बजे प्रकाशित































