बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते

बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घाइते भएका छन्।

घाइते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।

घाइतेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक ओझाले बताए। प्रहरीको टोली अहिले घटनास्थलमा खटिएको छ।


१९ असोज २०७८, मंगलवार ०८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु