विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता
नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । पार्टीको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी तीन नेताहहरू विमेन्द्र निधि, डा।शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । तीन नेताबीच निधि निवास बानेश्वरमा छलफल भएको निधिका सहयोगी रामजी दाहालले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका निधिले यसपटक विद्रोह गरेर सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् ।उनले सभापतिको लागि तयारी गर्न भन्दै सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् ।
त्यस्तै महामन्त्री डा. कोइरालाले पनि आफू सभापतिको उम्मेदवार बने मात्रै देउवालाई हराउन सक्ने र अरु कसैले हराउन नसक्ने बताउँदै आएका छन् । औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा नगरे पनि कोइरालाले आफू सभापतिका लागि उम्मेदवार बन्ने बताउँदै आएका छन् ।
उता प्रकाशमान सिंहले पनि आफू गणेशमान सिंहको छोरा भएकै कारण सभापति हुन नपाउने भन्दै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिरमा हुँदैछ ।
१८ असोज २०७८, सोमवार १६:२२ बजे प्रकाशित































