punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हात्तीको बथान भगाउन रातभर जाग्राम

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जंगली हात्तीको बथान भगाउन लागि रातभर जाग्राम बस्ने गरेका छन्।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धानबाली खाएर नोक्सान पुर्‍याउन थालेपछि स्थानिय बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन्।

नगरपालिकाको चुरे क्षेत्र फेदीका बासिन्दाले लगाएको धानबालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्‍याउन थालेको छ।ट्रयाक्टरको ठुलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र हो हल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको –८ का अध्यक्ष बहादुर सिंह महराले बताए।

‘दर्जनौंको संख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ’ उनले भने, ‘स्थानिय बासिन्दासँग भगाउन एक हप्ता देखि राति सुत्न पाएको छैन।’ हात्तीबाट धानबाली जोगाउनका लागि स्थानिय बासिन्दाले रातमा पालैपालो पहरा दिने गरेका छन्।

वडा अध्यक्ष महराका अनुसार जंगली हात्तीले स्थानिय किसानको छ विघा बढी जग्गामा लगाएको धानबाली खाएर सखाप पारेको छ। बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडी लगायतका क्षेत्रमा हात्तीको बथानले किसानले खेतमा लगाएको धानबालीमा क्षति गरेको छ।

साँझ पख् कुन ठाउमा हात्ती आउन थालेका छन्। त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्य समेत गर्दै आएका छन्। सोही अनुसार सर्तकता अपनाई हात्तीको बथानलाई भगाउने गरिएको स्थानिय मदन धामीले बताए।

उनका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउदै धानबाली काटेर चुट्ने कार्य समेत गरेका छन्। हात्तीको बथानले खेतमा लगाएको धानबाली संगै घर भित्र राखेको अन्न खाने र घरनै भत्काई दिने गरेकाले स्थानिय बासिन्दा निकै त्रसित भएका छन्।

दुई वर्ष अघि मात्रै नगरपालिकाको –१ बन्साहका एक जना व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्यु समेत भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पुर्याउदै आएको छ।

यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिका र भीमदत्त नगरपालिकाका किसानले खेतमा लगाएको धानबालीमा समेत नोक्सान पुर्याउने कार्य गर्दै आएको छ। हात्ती भगाउन सुरक्षा निकाय समेत परिचालन हुने गरेको छ।


१७ असोज २०७८, आइतवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु