punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलमा ललितपुर विजयी, विराटनगरको प्लेअफ सम्भावना कमजोर

Chaupati
safha napa

एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुर प्याट्रिएट्स विजयी भएको छ ।ईपीएलकै सर्वाधिक लक्ष्य दिएको ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले हराएको हो । विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रनमात्र बनाउन सक्यो । जितसँगै ललितपुरको प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।

ललितपुरका लागि अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । यस्तै, ललित नारायण राजवंशीले २ तथा यस्तै, योगेन्द्रसिंह कार्कीले १ विकेट लिए ।विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रन बनाएपनि टिमको जितका लागि पर्याप्त भएन । आशिफ शेखले ३७ रन बनाए ।

कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार गरेको थियो । ललितपुरका लागि सान्दुन विराक्कोडीले ७३ र अज्मतुल्लाह ओमारजाईले ५८ रन बनाए । कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ रनको योगदान गरे ।

विराटनगरका कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिस जिसी र दिल्शन मुनाविराले एकरएक विकेट लिए । हारसँगै विराटनगरको प्लेअफ छनोटको सम्भावना कठिन भएको छ । विराटनगरले तीन खेलमा १ अंक पनि जोड्न सकेन ।

 

 


१५ असोज २०७८, शुक्रवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु