punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा काँग्रेस कार्यकर्ताद्वारा एम्बुलेन्स तोडफोड

Chaupati
safha napa

नेपाली काँग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् ।

काँग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश ९ख० मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार काँग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका छन् ।

घटना बिहीबार राति भएको हो ।एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भएको रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए ।


१५ असोज २०७८, शुक्रवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु