punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कांग्रेस : स्थानीय तहको नेतृत्वमा महिला शून्य

Chaupati
safha napa

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा स्थानीय तहका अधिवेशन सम्पन्न भएको छ। कैलालीबाहेक प्रदेशकासबै जिल्लाका स्थानीय तहमा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशन भएका आठ जिल्लाका ७५ स्थानीय तहको समितिको नेतृत्वमा महिलाको छैनन्। महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहे पनि आउन नसकेको महिला नेतृ भागरथी भट्टले बताइन्।

‘महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने सोच अझै रहेकाले नेतृत्वमा आउन सकेका छैनन,’ उनले थपिन्, ‘अलि पहिले सक्रिय भएका महिलाहरुले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशीलहरु सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन्, यसका लागि विधानमै व्यवस्था हुनुपर्छ।’


१५ असोज २०७८, शुक्रवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु