punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको विधान महाधिवेशन आजदेखि गोदावरीमा शुरू हुँदै

Chaupati
safha napa

नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरु हुँदै छ। ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने छन्। महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमालेले जनाएको छ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्।

विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ। केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ। ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत बैशाखमा उद्घाटन गरेका थिए।

३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन्। जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन्। बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ।

सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए।

केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्नसक्ने व्यवस्था एमालेले गरेको छ। त्यहाँबाट दैनिक पत्रकार सम्मेलनको व्यवस्था गरिएको छ। महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयमसेवक खटाइने भण्डारीले बताए। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरेको छ।


१५ असोज २०७८, शुक्रवार ०७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु