माधव नेपाल अस्पताल भर्ना, के देखियो समस्या ?

नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।
ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
एक/दुई दिनअघि नै उनलाई सामान्य ज्वरो र रुघाखोकी देखिएपछि पीसीआर टेस्ट गरिएकोमा कोभिड नेगेटिभ देखिएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनको स्वास्थ्य अहिले सामान्य रहेको छ । नेपाललाई चिकित्सकले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।
नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेकाे सचिवालयले जनाएकाे छ ।
१४ असोज २०७८, बिहीवार ०५:२६ बजे प्रकाशित