punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई लाख मूल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ गल्ली नं. २ मा भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो।

गुल्मे किला, पेन्ट, नट बोल्ट, घन्टा(घाट) लगायत विभिन्न हार्डवेयरका सामान गरी अन्दाजी २ लाख ६ हजार ५ सय ७० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

 


११ असोज २०७८, सोमवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु