punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खतिवडाको नेतृत्वमा सरकारमा जाँदै नेकपा (एस), को-को बन्दैछन् मन्त्री ?

Chaupati
safha napa

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । श्रोतकाअनुसार संसदीय दलका नेतासमेत रहेका नेपालले सरकारमा जाने नेताहरूको नाम टुङ्ग्याइसकेका छन् । ‘विरोध कमरेडको नेतृत्वमा सरकारमा जाने भयो एकीकृत समाजवादी,’ श्रोतले भन्यो, ‘भोलिसम्ममा सरकारमा गइसक्छ ।’

श्रोतकाअनुसार सरकारमा जाने नेताहरूको सूचीमा खतिवडासँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठ छन् । मंगलबार बिहानसम्ममा प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाइसक्ने अध्यक्ष नेपालको योजना छ । ‘उहाँ ९नेपाल० ले सम्भवतः भोलिसम्मा प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाइसक्नुहुन्छ होला,’ श्रोत भन्छ, ‘आजै पनि भेट्न सक्नुहुन्छ ।’

नेता मेटमणि चौधरीकाअनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा सरकार लाग्नेछ । ‘आजको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ । मन्त्रिपरिषद् भोलि अपराह्नसम्ममा गठन हुनसक्छ ।’नेपाललाई प्रदेश नं.१ बाट भवानीप्रसाद खापुङलाई पनि मन्त्री बनाउनुपर्ने दबाब छ ।

श्रोतकाअनुसार एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका मन्त्रालयहरू पाउनेछ । एकीकृत समाजवादीले मागेको मन्त्रालय दिन प्रधानमन्त्री राजी नभसकेका छन् ।

उपसभामुखबारे छलफल
एकीकृत समाजवादीले उपसभामुख आफूले लिनेगरी छलफललाई अगाडि बढाएको छ । एकीकृत समाजवादीका एक नेताले भने, ‘पहिल्यैदेखि उपसभामुख चाहिँ हाम्रै पार्टीले पाउने भन्नेखाले कुराहरू पनि भएका थिए । यसबारेमा अहिले पनि कुराकानी भइरहेको छ ।’

एकीकृत समाजवादीले नै उपसभामुख पद पाएको खण्डमा सरलाकुमारी यादव उपसभामुख बन्ने निश्चितजस्तै भएको ती नेताको भनाइ छ ।


११ असोज २०७८, सोमवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु