केन्द्रमा काँग्रेसको गठबन्धन सरकार, सुदूरपश्चिममा प्रमुख प्रतिपक्ष

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दलमै यथावत रहेको छ । संघमा काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बनेपनि सुदूरपश्चिम प्रदेशमा भने नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दलमा बनेको छ ।

प्रदेशसभाको सोमबारदेखि बसेको बैठकमा सोही अनुसार सिट व्ययस्थापन गरिएको छ । काँग्रेस प्रदेश सरकार गठन हुँदादेखि नै प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको छ ।

नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमाले एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकार हुँदा पनि प्रदेशमा काँग्रेस प्रमुख प्रतिपक्षी दलकै रुपमा थियो भने प्रतिपक्षी दलमा जनता समाजवादी पार्टी थियो ।

अहिले नेकपा माओबादी, नेकपा एमाले र राजपा फुटेर ६ दल बन्दा पनि नेपाली काँग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा रहेको छ । अहिले अन्य प्रतिपक्षी दल नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन्।

सत्तापक्षमा भने नेकपा माओवादी केन्द्र र एमालेबाट फुटेर गठन भएको माधव नेपाल नेतृत्वको (एकिकृत समाजवादी)पार्टी रहेका छन् ।

पार्टी विभाजनपछि प्रमुख प्रतिपक्ष दलसहित प्रमुख प्रतिपक्षी दल, मुख्यमन्त्री, एकीकृत समाजबादी संसदीय दलका नेता र उपसभामुखको सिट अगाडिको लाइनमा व्यवस्थापन गरिएको छ ।

दुई महिनापछि बैठक बस्यो
दुई महिना अघिदेखि अनिश्चित बनेको सुदूरपश्चिम प्रदेश सभाको सोमबारदेखि बैठक सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सोमबारदेखि प्रदेशसभा बठैक सुरु भएको बताए । उनका अनुसार सोमबारको बैठकमा महालेखा परिक्षकको प्रतिवेदन सभामा पेश भएको छ ।

प्रदेश लोकसेवा आयोग सम्बन्धमा बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धी विधेयक पनि संशोधन विधेयक टेबुल भएको उनले जानकारी दिए ।

 


११ असोज २०७८, सोमवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु